FAQs Complain Problems

आज मिति २०७५/०३/०९ गते का दिन भब्यताका साथ पचरौता नगरपालिकाको दोश्रो नगरसभा उद्घाटन गरीयो ।

नगर प्रमुख रमेशकुमार यादव सभापतित्वमा भएको कार्यक्रममा अर्थ मन्त्रालयबाट प्राप्त समान्यीकरण अनुदान अन्तर्गत ११ करोड ६ लाख सशर्त अनुदान तर्फ १ करोड ८८ लाख प्रदेश सरकारबाट वित्तीय समान्यीकरण अनुदान २७ लाख १४ हजार र सशर्त अनुदान तर्फ रु १ करोड, राजस्व बांडफांडबाट ६ करोड ८४ लाख ६ हजार प्रस्तुत गरीयो।
त्यस्तै नेपाल सरकारबाट सम्पूर्ण अनुदान र विशेष अनुदान रकम दुई करोड आ.व. ०७५/०७६ को राजस्व आय प्रक्षेपण १ करोड २३ लाख ५७ हजार अघिलो आ.व. को नगद मोजाद रु ३ करोड सिमा क्षेत्र बिकास कार्यक्रमको दुई करोड बहुक्षेत्रीय पोषण कार्यक्रमको १४ लाख पचास हजार गरि ०७५/०७६ को कुल बजेट ३६ करोड ४३ लाख बीस हजार रुपैंया रहेको त्यसैगरि उल्लेखनीय बजेट मध्य चालू खर्च तर्फ १६ करोड ९३ लाख ६४ हजार रुपैया, पुंजिगत तर्फ २० करोड ४९ लाख ५६ हजार तथा स्थानिय शासन तथा समाजिक बिकास कार्यक्रम तथा समाजिक सुरक्षा भता समेत घोषणा गरियो । आर्थिक विधि बिनियोजन सम्बन्धि वार्ड अध्यक्ष लक्ष्मी यादवले सभामा घोषण गर्नु भयो । पचरौता नगरपालिकाको नगरसभामा उप प्रमुख इन्दु कुमारी देव, प्रशासकीय अधिकृत गौरी साह, नासु बद्री बहादुर थापा, र पचरौता नगरपालिकाको सम्पूर्ण निर्वाचित पदावधिकारिहरुको सहभागितामा नगर सभा उद्घाटन गरियो ।

आर्थिक वर्ष: